विद्यार्थी र अभिभावकको पृथक कार्यशाला सम्पन्न : सुनगाभा स्कुल

radioawaj

सैनामैना, मुर्गिया

सैनामैना नगरपालिका वडा नम्बर ३ मा अवस्थित सुनगाभा पब्लिक स्कुलले आफ्ना अभिभावक र विद्यार्थीहरूका लागि विशेष पृथक कार्यशाला सम्पन्न गरेको छ ।

कार्यक्रम दुई चरणमा विभाजित रहेको कुरा विद्यालयका प्राचार्य तिलक केसीले जानकारी गराउनुभयो। बिहानी सत्रमा विशेष गरी बिहान ६:३० देखि कक्षा ११ र १२ का विद्यार्थीहरूलाई क्यारियर काउन्सेलिङ र ओरिएन्टेसन कक्षा सञ्चालन भयो, बिहान ११: ३० बजेबाट नै विद्यालयका अभिभावकहरूका लागि असल अभिभावकत्व कार्यशाला सञ्चालन भयो ।

अन्तर्राष्ट्रिय फेसिलेटर कमल सिलवालद्वारा विद्यार्थी एवं अभिभावकका लागि क्यारियर काउन्सेलिङ र असल अभिभावकत्व कार्यशालाको सञ्चालन गर्नुभएको थियो।‌ दुवै कार्यक्रम सैनामैना २ मा अवस्थित बाबरी पार्टी प्यालेसमा सम्पन्न भएको थियो।

कार्यक्रममा विद्यालयका प्राचार्य तिलक केसीले विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि यस्ता कार्यक्रमले ठूलो योगदान पुर्याउनेसँगै अभिभावकहरुलाई पनि विद्यालयसँग जोड्न र मेरो छोराछोरीले के र कस्तो स्कुलमा पढिरहेका छन् भन्ने कुरा बुझ्न पनि यस्तो कार्यक्रमले सहयोग गर्ने कुरा व्यक्त गर्नुभयो।

अभिभावकहरूको आँखामा आँसु रसाउनुका साथै कार्यक्रम अवधिभर कार्यक्रममै बसेर आयोजक परिवारलाई साथ दिएका थिए।

कार्यक्रममा पाल्नुहुने एकजना अभिभावक बताउनुहुन्छ सुनगाभा पृथक छ भनेको सुनेको थिएँ तर आज सजिलैसँग भोग्न पायौ सुनगाभा त्यसै सुनगाभा भएको रहेनछ यस्ता कार्यक्रमले हामी अभिभावक सधैंभरि सुनगाभाको साथमा रहनेसँगै आगामी शैक्षिक यात्राका लागि समेत सुनगाभाको उत्कृष्ट नतिजाको हामी अभिभावक कामना समेत गर्दछौं भन्ने अभिव्यक्ति दिनुभएको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलीराज गौतमको अध्यक्षता एवं विद्यालयका सहप्राचार्य कमलचन्द्र गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो भने बिहानी सत्रमा करिब ३०० विद्यार्थीको र अभिभावकको उपस्थितिमा थियो भने दिवा सत्रमा करिब ७०० अभिभावकको उपस्थिति रहेको थियो।

जिपिएको शुभारम्भको समयमा देशभरिबाट एकजनाले मात्रै जिपीए ल्याउँदा उक्त जिपीए सुनगाभा पब्लिक स्कुलले २०७२ सालको एसइइको नतिजामा ल्याएको थियो। जिपिए ४ ल्याउने चलनको सुरुवात गरेको सुनगाभाले पछिल्लो चरणमा समेत आफ्नो जिपीएलाई निरन्तरता दिएको छ।

कार्यक्रम उत्कृष्ट मात्र नभएर सर्वोत्कृष्ट रहेको र यस्ता कार्यक्रमले अभिभावकलाई एउटा विद्यालयसँग जोड्नका लागि अटुट सम्बन्धको गाँठो समेत पारिदिएको कुरा अभिभावकहरुले व्यक्त गर्नुभएको छ।

कार्यक्रममा विशेषगरी विद्यार्थीहरूका लागि अबको यात्रा के र कसरी गर्ने? कसरी पढ्दा उचित पढाइ हुनेछ, अभिभावकहरूले आफूप्रति गरेको भूमिका, अबको बाटो के र कसरी रोज्ने, सम्भावना र सम्भाव्यताको जिन्दगीमा सधैंभरि सफल हुनका लागि कस्तो प्रक्रियाबाट अगाडि बढ्ने कुरा समेत सिकाइएको थियो भने अभिभावकहरूका लागि सबैभन्दा ठूलो सम्पत्ति नै आफ्नो सन्तान भएको कुरा गर्दै समयमा ख्याल गर्नुपर्ने आफ्नो नानी बाबुले भनेको सबै कुरा मान्नै पर्छ भन्ने नरहेको, समय व्यवस्थापन कसरी गर्ने, पछिल्लो चरणमा मोबाइल जस्ता डिभाइसले जीवनलाई घरपरिवारसँगै टाढा रहेको कुरा त्यसलाई कसरी त्याग्न सकिन्छ भन्ने कुरा र जीवनको सबैभन्दा सर्वोत्कृष्ट समय आफ्ना नानीबाबुसँग बिताउने समय हो, भन्ने कुरा समेत राख्दै अभिभावक र विद्यार्थीको आँखा रसाउने धेरै सफलताका कथाहरु समेत प्रोजेक्टरको माध्यमबाट देखाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Articles & Posts