१२ साउन /कृष्ण भण्डारी
सैनामैना नगरपालिकामा अवस्थित अन्तर्राष्ट्रिय क्लब मध्यको एक लायन्स क्लब अफ सैनामैना बोलबमले आज एक कार्यक्रमका बीच सैनामैना नगरपालिकाको वडा नम्बर १ मा अवस्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा सरसफाईसँगै पिउने पानी वितरण गरेको छ।
प्रमुख अतिथी डिस्ट्रीक्ट गभर्नर बालाराम भट्टराईलेलायन्स क्लबले यस्ता धार्मिक स्थलहरुको संरक्षण र सम्बर्द्धनमा पनि सेवा र सहयोग पुर्याउदै आइरहेको र आगामी दिनमा पनि क्लबले यस्ता कार्यलाई निरन्तरता प्रदान गर्ने कुरा व्यक्त गर्नुभयो। यसका साथै बोलबम धामको व्यवस्थापन समितिलाई धन्यवाद एवम प्रगतिको शुभकामना पनि प्रदान गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथि बोलबम धामका प्रमुख संरक्षक धर्मगुरु व्यासाचार्य किशोर कुमार गौतमले छोटो मन्तव्य राख्दै क्लबको यस प्रकारको मानविय कार्यको प्रसंशा गर्दै लायन्स क्लबको प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष दुलबहादुर थारु, बोलबम धामका सल्लाहकार पुजा अनुष्ठान उपसमिति संयोजक श्री प्रेम वाग्ले, कार्यालय सचिब हरी प्रसाद गौतम ,डिस्ट्रीक्ट चिफ लायन तिलब केसि , डिस्ट्रीक्ट ३२५ पि एरिया ४ का चिफ लायन प्रबिना घिमिरे , रिजन १० रिजन चेयरपर्सन लायन सुशिला पन्त , चार्टड प्रेसिडेन्ट लायन हरी पोख्रेल, पुर्व अध्यक्ष लायन राधा सिंजालि, क्लबका प्रथम उपाध्यक्ष लायन लक्ष्मी श्रेष्ठ ,द्दितिय उपाध्यक्ष लायन खम बहादुर खत्री, कोषाध्यक्ष लायन बबिता खड्का, सदस्यद्वय सरला अधिकारी र बबिता रेग्मि एवम् मन्दिर व्यवस्थापन समितिका सदस्यहरुको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
क्लबका अध्यक्ष सौगात भट्टराईले कार्यक्रमको अन्त्यमा धन्यवाद मन्त्यव्य राख्दै क्लबको नाम नै लायन्स क्लब अफ सैनामैना बोलबम यहि मन्दिर बाट राख्ने संयोग मिलेकाले बिगतका वर्षहरुमा पनि यस्ता कार्य गरिएको र यस वर्ष पनि धाममा सहयोग गर्न पाउँदा खुसी लागेको बताउदै मन्दिर दर्शन गर्न आउने श्रद्धालुहरुलाई पानी बितरण कार्यक्रम राखिएको र आगामी दिनमा पनि सेवा र सहयोग गर्ने कुरा राख्नुभयो।
वार्षिक कार्ययोजना अनुसार वर्ष २०२५/२६ को दोस्रो कार्यक्रम” सरसफाई र पिउने पानी बितरण कार्यक्रम” सम्पन्न गरिएको छ।
कार्यक्रमको संयोजकत्व र सन्चालन क्लबका सचिब लायन सुनिता अधिकारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रथम उपाध्यक्ष लक्ष्मी श्रेष्ठले राख्नुभएको थियो।
Leave a Reply